मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेशमा सात दलले आन्दोलन गर्दै

मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेशमा सात दलले आन्दोलन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कनठमाण्डु – मधेश प्रदेशमा नेकपा (एमाले)को मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दल विरोधमा उत्रेका छन् ।

मंगलबार राति विज्ञप्ति जारी उनीहरुले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन अपिल गर्दै बुधबार आन्दोलन गर्ने जनाएका छन् ।

तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आन्दोलित ७ दलले बुधबार बिहान विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने सात दलले जनाएका हुन् ।

मंगलबार पनि सात दलले मुख्यमन्त्री नियुक्ति खारेजी र संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरेको थियो । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरुमाथि गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा क्रुरतापूर्ण दमनको सात दलले भ्रत्सना गरेको छ । उनीहरुले मंगलबारको कुटपिट घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाही माग गरेको छ ।

सात दलले महोत्तरी र सिन्धुली सिमानानजिकको पानस रेस्टुरेन्टमा शपथ ग्रहण गरेका मुख्यमन्त्री नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवसहित मन्त्रिपरिषदका अन्य सदस्यलाई सार्वजनिक रुपमा बहिस्कार र विरोध गर्न अपिल गरेका छन् ।