प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा के गर्दैछ सरकार ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा के गर्दैछ सरकार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच निर्वाचनको विषयमा छलफल भएको छ ।

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।’

उनले मतदाता नामावलीमा हालसम्मको प्रगति र यसलाई सफल बनाउनुपर्ने कामहरू लगायतका विषयमा पनि छलफल भएको बताए ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नको लागि सबैको सहयोग प्राप्त हुने कुरा राखेको उनले जानकारी दिए ।