प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कहिले ?

प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक तर्फको मनोनयन प्रक्रिया मंसिर २१ गतेदेखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगले कात्तिक ३० गते बसेको बैठकपछि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका विस्तृत कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ ।

आयोगले प्रकाशित गरेको तालिकाअनुसार समानुपातिक निर्वाचनमा सहभागी राजनीतिक दलले मंसिर २१, २२ र २३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन निवेदन दर्ता गराउनुपर्नेछ । दर्ता भएका दलको प्रारम्भिक नामावली मंसिर २४ गते सार्वजनिक गरिने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उम्मेदवारको बन्दसूची भने दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पेश गर्नुपर्नेछ । आयोगले दर्ता र छानबिन प्रक्रिया पूरा गरी माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्नेछ ।

कार्यतालिका सार्वजनिकसँगै राजनीतिक दलहरू आन्तरिक रूपमा उम्मेदवार छनोट, प्रदेशगत प्रतिनिधित्व, समावेशिता तथा कानूनी बन्देजअनुसार बन्दसूची तयार पार्न सक्रिय हुने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम स्वीकृत गरिएको छ ।

यस्तो छ कार्यतालिका –