काठमाण्डु – मधेश प्रदेश सभाका ५ जना सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलाशले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
लगातार १० वटा प्रदेशसभा बैठकमा उपस्थित नभएको भन्दै सभामुख रामचन्द्र मण्डलले विभिन्न दलका ५ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गरेकोमा त्यसविरुद्ध सांसदहरू सर्वाेच्च अदालत पुगेका थिए ।
दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पदमुक्त नगर्न अल्पकालीन अन्तिम आदेश जारी गरेको छ । सर्वाेच्चमा प्रदेश सांसदहरू संजय कुमार यादव, मनिष कुमार सुमन, सिंगासन सा कलवार, उर्मिला देवी सिंह र शंकर प्रसाद कलवारले सर्वाेच्चमा मधेश प्रदेशसभा सचिव समेत ३ विरुद्ध रिट दायर गरेका थिए ।
सर्वाेच्च अदालतले अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न विपक्षीलाई अदालतमा बोलाउन आदेश दिएको छ ।




प्रतिक्रिया