काठमाण्डु – नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ।
बस्नेत सवार गाडीमा प्रदर्शनकारीले रङ भरिएको बेलुनको लोला हानेका हुन्। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत उडानमा विराटनगर गएका बस्नेतमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ छ्यापेका हुन् । विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले उनी चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको प्रहरीले जानकारी दिए ।
यसैबिच जेनजी अगुवा भावना राउतले महेश बस्नेत विराटनगर पुग्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेको बताएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेकी छन्, ‘महेश बस्नेत विराटनगर जाँदै गर्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेका छन्। युवाको बुझाइ स्पष्ट छ सहिदलाई आतंककारी मान्ने को हातमा नै रगत छ । राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने त्यो नै आजको आक्रोश को मूल कारण बन्नेछ ।’ सरकारले गर्न सकेन भनेर युवाले सडक तताउने दिन कम्तीमा नागरिक सरकार भएको बेला आउन नहुने उनले बताइन् ।




प्रतिक्रिया