पाथीभरा दर्शन गर्न जादैं बालेन

पाथीभरा दर्शन गर्न जादैं बालेन


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह (बालेन) आज बिहानै इलाम पुगेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका शाह जनतासँग भेटघाट गर्न इलाम पुगेका हुन् ।

बिहीबार बिहानै इलाम बजार पुगेका बालेन नेपालटार हुँदै इलाम र पाँचथरको सिमानामा रहेको राँके बजार पुगेर जनतासँग भेटवार्ता गरेका छन् ।

उनी अहिले पाँचथरकाे सदरमुकाम फिदिम पुगेका छन् ।

उनले इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम–२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ।

बालेनले जनताको समस्या बुझेर समस्यालाई समाधान गर्नतिर केन्द्रित हुन सुझाए।

इलाममा चुनावी अभियान सकेर ताप्लेजुङ जाने कार्यतालिका छ। बालेनको टोली भोलि ताप्लेजुङस्थित पाथीभरा दर्शन गर्न पुग्नेछ। आज ताप्लेजुङ पुगेर शुक्रबार बिहान पाथीभरा माताको दर्शन गरेर फर्किने कार्यतालिका रहेको बताइएको छ ।