काठमाण्डु–१० की बस्नेतको उम्मेदवारी खारेज

काठमाण्डु–१० की बस्नेतको उम्मेदवारी खारेज


काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डुको १० नम्बर निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ ।

उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले बिहीबार २ जनाको उम्मेदवारी खारेज गरिएको छ ।

काठमाण्डु–१० की उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको जानकारी आएपछि जाँच गर्दा प्रमाणित भएकाले उम्मेदवारी खारेज गरिएको छ ।

चौधरी टीकापुर घटनामा जन्मकैद भएकाले उम्मेदवार बन्न नपाइने ठहर गर्दै उम्मेदवारी रद्द गरिएको छ ।