निर्वाचन आउन ४१ दिन बाँकी : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

निर्वाचन आउन ४१ दिन बाँकी : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार नाम फिर्ता लिन सक्ने छन् ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने छ ।

यस्तै १ बजे देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ बजे देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन्।