काठमाण्डु– बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई रकम प्रदान गर्ने निर्णय गरेको हो।
साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिका- ७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु. प्र. ०२-००१ ख १११९ नम्बरको बस बिहीबार साँझ दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।




प्रतिक्रिया