क्यानका महानिर्देशक अधिकारीलाई थुनामा राख्ने विशेषको आदेशलाई सर्वोच्चले गर्‍यो सदर

क्यानका महानिर्देशक अधिकारीलाई थुनामा राख्ने विशेषको आदेशलाई सर्वोच्चले गर्‍यो सदर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षकालागि थुनामा राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषकै आदेशलाई सदर गरेको हो।

यसअघि मंसिर २१ मा विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा राख्न आदेश दिएको थियो। त्यसविरुद्ध उनी गत पुस २१ गते सर्वोच्च अदालत पुगेका थिए।

नलिनचोक हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो।