काठमाण्डु – थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ ।
राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । नेपाल प्रतियोगितामा लगातार तेस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेस्रो खेलमा भारत ‘ए’सँग पराजित भएको थियो ।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा कप्तान पूजा महतोले प्रतियोगिताबाट आफूहरूले राम्रो अनुभव बटुल्न सफल भएको बताइन् ।
‘प्रतियोगिता हाम्रो लागि सिक्ने मौका थियो । अझ हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने । हामीले आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गरेका थियौं,’ उनले भनिन् ।
उनले पाकिस्तान, भारत जस्ता ठूला टीमसँग प्रतिस्पर्धा गर्नु नै नेपालको लागि ठूलो अवसर भएको भन्दै खेलमा नेपालले सुधार गरेको प्रतिक्रिया आएको जानकारी गराइन् ।




प्रतिक्रिया