मधेशको चुनावी सुरक्षाबारे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

मधेशको चुनावी सुरक्षाबारे गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुलुकको समसामयिक परिस्थिति, समग्र शान्ति सुरक्षा र आसन्न निर्वाचनको तयारीका विषयमा छलफल गर्न शनिबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएका सुरक्षा संवेदनशीलताबारे गहन छलफल भएको छ ।

मन्त्रालयका अनुसार मधेशमा देखिनसक्ने जातीय तथा धार्मिक तनाव र निर्वाचनसँग जोडिएका सम्भावित सुरक्षा चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी त्यसलाई सम्बोधन गर्ने रणनीतिबारे बैठकमा छलफल भइरहेको छ ।

बैठकमा मुलुकका ४ वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का उच्च पदाधिकारीहरूको उपस्थिति छ । सुरक्षा प्रमुखहरूले आ–आफ्नो निकायको तर्फबाट वर्तमान सुरक्षा अवस्था र निर्वाचन लक्षित सुरक्षा योजनाबारे ब्रिफिङ गरेका थिए ।

समसामयिक विषय र सुरक्षा चुनौतीका आधारमा बैठकले आवश्यक निर्णय लिने र शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा निकायहरूलाई ठोस निर्देशन दिने मन्त्रालयले जनाएको छ ।