कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

कांग्रेस सभापति थापाले आज मधेशका चार जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शनिबार मधेश प्रदेशका चार जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

उनले सर्लाहीको लालबन्दी, रौतहट, बारा र पर्साको वीरगञ्जमा चुनावी सभालाई सम्बोधन गर्ने छन् । योे क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ ।

त्यस्तै सभापति थापाले आइतबार काठमाण्डु उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् ।

गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाण्डुको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।

सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।