काठमाण्डु उपत्यकाभर रास्वपाको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम

काठमाण्डु उपत्यकाभर रास्वपाको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डु उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गरेको छ ।

शनिबार बिहानैदेखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह सहितका उपत्यकाका ३ जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए ।

काठमाण्डु उपत्यकाका ३ जिल्ला समेट्ने गरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लेरोड शो गरिरहेका छन् ।

कार्यक्रम सामाखुसी र गोंगबु हुँदै वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर साँझ साढे ६ बजे समापन भएको छ ।