काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आइतबार झापाका रोड शो गर्दैछन् ।
चुनाव केन्द्रित अभियान अन्तर्गत बालेनले ‘रोड सो’ गर्न लागेका हुन् ।
उनको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्रमा रोड सो गरिने भएको हो ।
चन्द्रगढी विमानस्थलमा सुरु हुने रोड हो काँकडभिट्टा जानेछन् ।
त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमक पुग्ने तालिका छ ।
रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शनिबार काठमाण्डु उपत्यकामा रोड सो गरेको थियो ।





प्रतिक्रिया