काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ ।
आईतबार विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको बताएको हो ।
आफ्नो सिद्वान्त र बिचार फरक भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा कांग्रेससँग एजेण्डा नजिक रहेका रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।
‘अहिले पनि यस निर्वाचनमा हाम्रा सिद्वान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्विको क्षेत्रमा काँग्रेससँग एजेण्डा नजिक रहेको हुनाले वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र २ को संगठनलाई एकत्रित गरी राख्न र मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनीतिक सहमतिको निरन्तरता समेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी एंवम उद्योगी चुन्नप्रसाद शर्मा (पौडेल) लाई समर्थन गर्ने निर्णय भएको पार्टीपंक्ती र आम जनसमुदायमा जानकारी गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
राप्रपा देश र जनताप्रति सधैँ उत्तरदायी भूमिकामा रही आएको उल्लेख गर्दै राप्रपाले विवेकपूर्ण तवरले निर्णय लिएर देश र जनताको स्वाभिमानलाई उच्च बनाइराखेका विज्ञप्तिमा उल्लेख गरेको छ ।




प्रतिक्रिया