काठमाण्डु – आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै सोमवार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।
भारत र चीनसँग जोडिएको सबै सीमा नाकाहरू सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म बन्द रहने छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन ३ दिन अर्थात् ७२ घण्टा सीमा नाकाहरू बन्द गरिन लागिएको हो ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा बन्दसँगै अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु आवागमन बन्द रहनेछ ।




प्रतिक्रिया