निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मधेस पुगिन् प्रधानमन्त्री कार्की

निर्वाचन सफल भएकामा धन्यवाद दिँदै मधेस पुगिन् प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारी, प्रशासनिक कर्मचारी तथा सरोकारवाला निकायको योगदानको उच्च प्रशंसा गरिन् ।

साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उनले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरे ।

उनले भनिन्, ‘हामीले बनाएको योजना अनुसार तपाईँहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईँहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो । यसका लागि म आभारी छु । मान्छेहरू मलाई बधाई भनिरहेका छन् । यसको वास्तविक हकदार तपाईँहरू हो ।’

त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्त्वपूर्ण राष्ट्रिय अनुष्ठानको अंग बन्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । उनीहरूले निर्वाचनका दौरान देखे भोगेका अनुभव पनि सुनाइन् ।

बिहीबार मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेकी प्रधानमन्त्री कार्की आज जनकपुर पुगेकी हुन् ।