खाडीमा रहेका नेपालीलाई उद्धार गर्न आजदेखि तीन दिनसम्म विशेष उडान हुँदै

खाडीमा रहेका नेपालीलाई उद्धार गर्न आजदेखि तीन दिनसम्म विशेष उडान हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले खाडी क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि विशेष उडान गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत शुक्रबारदेखि तीन दिनसम्म चार वटा उडान हुनेछ ।

शुक्रबार साँझ नेपाल वायु सेवाको जहाज दुबई जाँदैछ । त्यो जहाजमा आउन पहिले नै टिकट बुक गराएका नेपालीसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ ।

यस्तै शसनबार दुबईबाट जहाज काठमाण्डु आउने कार्यतालिका छ । आइतबार काठमाण्डुबाट अर्को जहाज साउदी अरेबियाको दमाम गएर त्यही दिन काठमाण्डु फर्कनेछ ।

मध्यपूर्वका विभिन्न देशबाट कति नेपाली फर्कन चाहेका छन् र अबको तीन दिनमा कसरी फर्काउन सकिन्छ भन्नेबारे गृहकार्य भइरहेको सम्बन्धित देशमा रहेका नेपाली दूतावासले जनाएका छन् ।

मध्यपूर्वमा भइरहेको युद्धका कारण यी क्षेत्रहरूमा नियमित उडान नहुँदा स्वदेश फर्कन चाहने नेपालीहरु अलपत्र परेका छन् ।