काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलुरुले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।
बेङ्गलुरुमा भएको खेलमा लखनउले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गर्यो । बेङ्गलुरुका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरे ।
त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । लखनउका लागि सबैभन्दा मिचेल मार्सले ४० रन बनाए ।
बेङ्गलुरुका रसिक सलामले ४ विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्ड्याले २ र जोस हेजलउडले १ विकेट लिए ।
योसँगै बेङ्गलुरु ५ खेलमा चौथो जीत निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । बेङ्गलुरु र राजस्थान रोयल्सको समान ८ अङ्क छ । राजस्थान दोस्रोमा झरेको छ ।
लखनउ सुपर जायन्ट्सको पाँचौँ खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ ।
आईपीएलमा बुधबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्सले खेल्दैछन् । यो खेल मुम्बईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।




प्रतिक्रिया