सेबोनको निष्कर्ष : दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छासहित अन्यलाई कारबाही सिफारिस

सेबोनको निष्कर्ष : दीपक भट्ट मुख्य दोषी, शेखर गोल्छासहित अन्यलाई कारबाही सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विवादित व्यवसायी दीपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकालेको छ। बोर्डद्वारा गठित अनुसन्धान समितिले भट्टलाई मुख्य दोषी ठहर गर्दै अन्य केही व्यक्तिहरूलाई समेत कारबाही गर्न सिफारिस गरेको छ।

रुपेश केसीको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको सुपरीवेक्षण प्रतिवेदनमा भट्टसहित व्यवसायीहरू सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई आरोपित ठहर गरिएको छ। समितिले उनीहरूले धितोपत्र कारोबारमा कसुर गरेको ठहर गर्दै आवश्यक कारबाही अघि बढाउन सुझाव दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा अनुसन्धान सुरु गरिएको थियो। समितिको प्रतिवेदन बोर्डले पारित गरिसकेको छ र कार्यान्वयन प्रक्रियासमेत अघि बढाइसकेको छ।

प्रतिवेदन अर्थ मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको छ। अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB)मार्फत मुद्दा अघि बढाइनेछ।

अनुसन्धान प्रतिवेदनमा दीपक भट्टलाई मुख्य अभियुक्तका रूपमा राखिएको छ भने हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिसेस, हिमालय सेक्युरिटी बैंकर, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाले कसुर गर्न सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ।

यस्तो छ पूर्ण प्रतिवेदन