राजधानी काठमाण्डुमा ५०० दरका नक्कली नोट बरामद, १ जना पक्राउ

राजधानी काठमाण्डुमा ५०० दरका नक्कली नोट बरामद, १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटको कारोबार गरिरहेको अवस्थामा १ जनालाई पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्कनजिकै नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय लगनखेलको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

सिराहाको लहान नगरपालिका–१५ घर भई काठमाण्डु महानगरपालिका–१४ कलंकी बस्ने १९ वर्षीय सुरज राई १६ थान नक्कली नोटसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार बरामद गरिएका ती सम्पूर्ण १६ थान नक्कली नोटहरूमा एउटै नम्बर ‘ज/१३ ६८६४२७’ उल्लेख रहेको पाइएको छ ।

प्रहरीले बरामद दशीसहित राईलाई नियन्त्रणमा लिएर यस सञ्जालमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।