काठमाण्डु– टिकटकर तुलसा अधिकारी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
उनलाई नख्खु कारागारमा राखिने छ ।
कुमार चिमोरियाले ६ करोड ५२ लाख रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । यस्तै सम्पत्ति शुद्धीकरणले अधिकारीमाथि २१ करोड सम्पत्तिको स्रोत नखुलेका भन्दै मुद्दा चलाएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा उनलाई थाइल्याण्डबाट पक्राउ गरि नेपाल ल्याइएको थियो ।




प्रतिक्रिया