दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले घोषणा गरेका छन् ।

यससँगै हान ली जे म्युङको प्रशासनमा दोस्रो महिला प्रधानमन्त्री, किम मिन–सिओकको उत्तराधिकारी र देशको इतिहासमा ५०औँ प्रधानमन्त्री बनेकी छन् ।

दक्षिण कोरियाको राष्ट्रिय सभाले हान सेओङ–सुकलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्न  गरेको मतदानमा १६६ मत पक्षमा र सत्तापक्ष र सरकार समर्थक दलहरूबाट उपस्थित १६७ सदस्यहरूमध्ये एक विपक्ष मतको साथ अनुमोदन गरेको जनाइएको छ । हान यस पदका लागि अयोग्य भएको तर्क गर्ने मुख्य विपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) ले बहिष्कार गरे तापनि ३० जुनमा पूर्ण अधिवेशनमा मतदान भएको थियो ।

लघु तथा मध्यम उद्यम (एसएमई) मन्त्रीका रूपमा कार्यरत हान सेओङ–सुक प्रधानमन्त्री नियुक्ति भएसँगै २० वर्षपछि दक्षिण कोरियाले पुन: महिला मन्त्री पाएको छ । (रासस/क्यूएनए)