आत्मदाह प्रयास गरेका मण्डललाई भेट्न बर्न अस्पताल पुगे सांसद सिंह

आत्मदाह प्रयास गरेका मण्डललाई भेट्न बर्न अस्पताल पुगे सांसद सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आत्मदाह प्रयास गरेका विवेक मण्डललाई भेटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा)का सांसद अमरेश कुमार सिंह कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेका थिए। उनलाई शुक्रबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत् उपचारका लागि कीर्तिपुर ल्याइएको हो। उनको शरीरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ।

सर्लाहीकै तथा आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे सांसद सिंहले जानकारी लिएका हुन् ।

सिंहले उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै मण्डलका परिवारजनसँग भेटेर उनीहरूलाई धैर्य रहन आग्रह गरे ।

मण्डलको उपचार तथा स्वास्थ्य सेवाको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सिंहले जानकारी दिए । यसका लागि उनले प्रधानमन्त्रीलाई धन्यवाद।पनि दिए