काठमाण्डु– राजावादी अभियन्त्ता तथा व्यवसायी दुर्गा प्रसाईँ प्रकाउ परेका छन् । आइतबार झापाबाट काठमाण्डु आइपुगेका प्रसाईँलाई विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
विमानस्थलमै पत्रकार सम्मलेन गर्न खोजेपछि प्रसाईंलाई नियन्त्रणमा लिएर घर पुर्याइएको छ । निषेधित क्षेत्रभित्र कार्यक्रम गर्न खाजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रसाईंले नागरिक बचाउ महाअभियानको ब्यानरमा त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको र त्यसका लागि अभियन्ताहरूलाई आन्तरिक टर्मिनलमा उपस्थित हुन आह्वान समेत गरेका थिए ।
प्रसाईंलाई भक्तपुरस्थित उनको निवाससम्म पुर्याएर छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी पवन भट्टराईले बताए ।




प्रतिक्रिया