ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् ।

परिषद्को आईतबार सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेका निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरेका थिए ।

परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे ।

कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका निर्वाचन अधिकृत पङ्गेनीले बताए । सदस्यहरूमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् ।

आगामी २ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल १ हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा १ हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।

उनले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताएका छन् ।