काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निवास बूढानिलकण्ठ पुगेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भेटवार्ता गरेका छन् ।
सुकुमबासी बस्ने होल्डिङ सेन्टर डुबानमा परेको र काठमाण्डुमै आत्मदाहको घटना भएपछि सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेनले आईतबार रवि निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।
काठमाण्डुको बूढानिलकण्ठ नगरपालिका–६ इटालिटारस्थित रवि लामिछाने निवासमा प्रधानमन्त्री बालेनले बिहान ११:३१ बजेदेखि १५:१४ बजेसम्म भेटवार्ता गरेको उच्च स्रोतले जनाएको छ । उनीहरूबिच झण्डै ४ घण्टा कुराकानी भएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री बालेनलाई भेट्न रवि नै सरकारी निवास बालुवाटार जाने गरेका भए पनि यसपालि प्रधानमन्त्री नै रवि निवास पुगेका हुन् ।




प्रतिक्रिया