चितवन – स्थानीय प्रशासनले नारायणगढ–मुग्लिङ सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आईतबार राति १० बजेदेखि बन्द गर्ने भएको छ ।
जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिङ–काठमाण्डु सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । रातिमा सवारीसाधन र यात्रा गर्दा स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ ।
वर्षातका कारण शनिबार राति समेत सडक बन्द गरिएको थियो ।




प्रतिक्रिया