प्रधानमन्त्री बालेनलाई मनिष झाको जवाफः एक्लो ठान्नुपर्दैन, हामी छौं

प्रधानमन्त्री बालेनलाई मनिष झाको जवाफः एक्लो ठान्नुपर्दैन, हामी छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई लक्षित गर्दै सरकारको बचाउसहित आवश्यक सुधारका लागि खबरदारी गरिरहने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाले परिवर्तनका लागि जनादेश पाएको सरकार एक्लो नभएको उल्लेख गर्दै आफू सरकारको साथमा रहेको बताए ।

उनले सरकारको नियत र आशयप्रति शंका नरहेको भन्दै केही पक्षमा भने सुधार आवश्यक रहेको दोहो¥याए । सरकारलाई प्राप्त ऐतिहासिक अवसर खेर जान नदिन आवश्यक खबरदारी गरिरहने उनको भनाइ छ ।

‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् । यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ,’ झाले लेखेका छन् ।

उनले जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै आफू सरकारको साथमा रहेको स्पष्ट गरे ।

‘जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सकारको साथमा छु । यहाँ कोही एक्लो छैन,’ झाले लेखेका छन् ।


बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै झाले सरकारको नियतमा शंका नभए पनि कार्यशैली गलत भएको बताएका थिए ।

सांसदहरुले विरोध जनाएपछि शुक्रबार मध्यराति फेसबुकमार्फत शाहले काम भइरहेकाले नआत्तिन भनेका थिए ।

उनले आफूले विगतमा पनि एक्लै लडेको स्मरण गर्दै आगामी दिनहरुको सामना गर्ने उल्लेख गरेका थिए । झाले त्यसैको जवाफमा एक्लो महसुस नगर्न भनेका हुन् ।