काठमाण्डु– कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन कार्यकर्तालाई अपिल गरेका छन् ।
शनिबार गृहजिल्ला नुवाकोटका अगुवा कार्यकर्ता भेलालाई राजधानीमा सम्बोधन गर्दै महतले देउवाको स्वागतमा आउन भनेका हुन् ।
उनले देउवाको भव्य स्वागत गरिने बताएका छन् । महतका अनुसार देउवा आगामी २६ साउनको राति ९ः४५ बजे नेपाल फर्किने तय गरिएको छ । दिउँसै स्वागत गर्नका लागि हवाई टिकट सार्ने प्रयास जारी रहेको महतले बताए ।
जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा भएका देउवा गत १३ फागुनमा फलोअप उपचारका लागि सिंगापुर सिंगापुर गएका थिए ।
सिंगापुरमा उपचारपछि थप उपचार र पारिवापरक भेटघाटका लागि ७ चैत २०८२ मा देउवा हङकङ पुगेका थिए ।
नेपाल आउने तयारीबीच ‘रेड कर्नर नोटिस’ जारी भएपछि देउवा उतै रोकिएका थिए ।
देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा संस्थापन इतर समूहद्वारा २७ देखि २९ साउनसम्म आयोेजित राष्ट्रिय भेलालाई सम्बोधन गर्नेछन् ।




प्रतिक्रिया