काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन भएको छ ।
यसअघि साउन २६ गते नै आउने भनिए पनि समय परिवर्तन भएर साउन २८ गते स्वदेश फर्किने भएका छन् ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले भने, ‘२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता–कार्यकर्ताको माग बमोजिम हामीले समय परिवर्तन गर्न भनेका हौँ । अब उहाँ २८ गते दिउँसो १२:२५ बजे काठमाण्डु उत्रिनुहुनेछ ।’
पूर्वप्रधानमन्त्री देउवा फर्किँदा स्वागत कार्यक्रम राखिएको छ । कांग्रेसमा संस्थापनइतर पक्षले देउवाको स्वागत कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।
उनले भने, ‘हामी स्वागत गर्नको लागि विमानस्थलमा जान्छौँ । त्यहीँअनुसार नेता–कार्यकर्तालाई आह्वान गरेका छौँ ।’




प्रतिक्रिया