काठमाण्डु – स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर र त्यसपछि हङकङ गएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बैंकक पुगेका छन् ।
उच्च स्रोतका अनुसार देउवा थाइल्याण्डको बैंककस्थित सुकुम्भित सोई–२४ मा रहेको व्यवसायी दीपक भट्टको निवासमा बसेका छन् । त्यहाँबाट उनी साउन २८ गते अर्थात् १३ अगस्तमा नेपाल फर्किने तयारी गरिरहेको छ ।
उनी थाई एयरलाइन्सबाट नेपाल आउने तयारीमा छन् । देउवाको स्वदेश फिर्तीलाई भव्य बनाउन कांग्रेसको संस्थापनइतर समूहले तयारी थाल्दै सहभागिताका लागि आह्वान गरेको छ ।
जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी भएपछि उनी अधिकांश समय विदेशमै बसेका छन् । कांग्रेसभित्र विशेष महाधिवेशन र आधिकारिकताको विवाद सम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वाेच्च अदालतले अनुमति दिएको बेला देउवा स्वदेश फर्किन लागेका छन् ।




प्रतिक्रिया