निर्वाचित भएको एक वर्षपछि ‘माननीय’ बने दीपक मनाङे, लिए शपथ

निर्वाचित भएको एक वर्षपछि ‘माननीय’ बने दीपक मनाङे, लिए शपथ


काठमाडाैं– एक वर्ष अघि भएकाे प्रदेश सभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ ग्रहण गरेका छन्।

सोमबार साँझ गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका हुन्।

मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ खाइसकेपछि मनाङ्गेलाई बधाई तथा शुभकामना दिनेको भीड लागेको छ ।

मनाङे गत मंसिरमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए।