रोल्पामा फेरि पहिरो, एक जनाको मृत्यु, तीन बेपत्ता

रोल्पामा फेरि पहिरो, एक जनाको मृत्यु, तीन बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रोल्पामा फेरि पहिरो गएको छ ।

सुनछहरी गाउँपालिका-२, गाममा बिहीबार राति परेको वर्षाका कारण पहिरो गई घरहरू पुरिँदा १ जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्।

रोल्पाका प्रहरी प्रमुख डिएसपी पंचकुमार बाखुले पहिरोले मानिस पुरिएको पुष्टि गरे भने सुनछहरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्णबहादुर बुढाले फलबाङमा तीन जना पुरिएको बताए।

घटनास्थलमा उद्धार तथा खोजीका लागि इलाका प्रहरी कार्यालय बाहिरीगामबाट प्रहरी टोली पठाइएको छ ।

यसअघि, बुधबार राति गएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा १० जनाको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता छन्। पहिरोमा परी गम्भीर घाइते भएका दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। उक्त पहिरोमा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।