अवसरभन्दा चुनौती बढी : नवनियुक्त मुख्यमन्त्री भट्ट

अवसरभन्दा चुनौती बढी : नवनियुक्त मुख्यमन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आफूमाथि अवसरभन्दा बढी चुनौती थपिएको बताएका छन् ।

एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका नेकपा संसदीय दलका नेता भट्टले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको नेतृत्व गर्ने अवसर पाएकोमा खुसी लागे पनि प्राप्त जिम्मेवारीले आफूलाई गम्भीर बनाएको बताए ।

उनले सुदूरपश्चिमका करिब २७ लाख नागरिकको नेतृत्व गर्ने जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै पद प्राप्तिको उत्साहभन्दा प्रदेशका समस्या समाधान गर्ने दायित्वको दबाब बढी महसुस भएको बताए ।

भट्टले आफ्नो कार्यकालमा ‘ठूलो चमत्कार’ गर्नेभन्दा नागरिकले सरकारबाट केही राम्रो भएको महसुस गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिने बताए ।

‘म खुसी नै छु । खुसी भन्दा बढी जिम्मेवारीवोध र अलि बढी चुनौतीको भारीले थिचिएको अनुभव पनि सँगसँगै गरेको छु,’ उनले भने, ‘धेरै चमत्कार त सम्भव हुँदैन । जे गर्नेछु राम्रो गर्नेछु । मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्नेछु् ।’

सुदूरपश्चिमका जनतालाई केन्द्रमा राखेर सरकार अघि बढाउने प्रतिबद्धता उनको छ । तत्काल चमत्कारिक परिवर्तन सम्भव नभए पनि उपलब्ध स्रोत र अवसरलाई उपयोग गरेर सकारात्मक परिणाम दिने प्रयास गर्ने उनको भनाइ छ ।