सरकारले कांग्रेसकाे एउटा माग पूरा गर्‍याे, अब आन्दोलन के होला ?

सरकारले कांग्रेसकाे एउटा माग पूरा गर्‍याे, अब आन्दोलन के होला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको एउटा माग पूूरा गरेको छ।

मन्त्रिपरिषदकाे मंगलबारकाे बैठकले कांग्रेसका दिवंगत नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जलाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो।

यसअघि सरकारले यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेपछि कांग्रेस सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिएको थियो।
तर, उसले उठान गर्दै आएको अर्काे माग डा. गोविन्द केसीको अनशनसँग सम्बन्धित छ। डा. केसीको अनशनका बीच सरकारले चिकित्सा शिक्षा ऐन सदनबाट स्वीकृत गराइसकेको छ।