काठमाण्डु – रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी प।पश्चिममा ४७ जनाको शव फेला परेको छ।
यसैगरी, बाढीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म १६३ जना विदेशी नागरिकसहित २ हजार ४ सय ६५ जनाको सकुशल उद्धार गरेको छ।
शनिबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट १६३ जना विदेशी नागरिकसहित २४६५ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाको हवाई साधनमार्फत टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट विदेशी नागरिकहरूको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशीहरूमा ११३ भारतीय, २६ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानका नागरिक छन्।
टनेलबाट उद्धार गरिएका १९१ जनासहित हवाई मार्गबाट २२६५ जना र स्थल मार्गबाट २०० जना गरी कुल २४६५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै स्वास्थ्य सेवा र राहत वितरणको काम पनि निरन्तर चलिरहेको छ । त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्रहरूबाट हालसम्म १७०६ जनाले उपचार सेवा पाएका छन्।
त्यस्तै प्रभावित जिल्लाहरूमा खोजी, उद्धार र राहतका लागि ६ हजार ७ सयभन्दा बढी सेनाका जवानहरू परिचालन गरिएका छन्।
यस्तै बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि चार हजार ८११ जना प्रहरी खटाइएका छन्। बाढीका कारण हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् र उनीहरूको खोजी भइरहेको छ।
यता, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार गराएर डिस्चार्ज भएका तथा हाल उपचाररत घाइतेहरूको संख्या १४० रहेको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरूले उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइरहेका छन्।





प्रतिक्रिया