काठमाण्डु – नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा हालै आएको विनाशकारी बाढीपछि उत्पन्न अवस्थाका बारेमा छलफल भएको छ ।
भेटमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल पनि सहभागी थिए ।
नेता आङ्देम्बेसहितको टोलीले शुक्रबार बाढी प्रभावित नुवाकोटको निरीक्षण गरेको थियो । टोलीले बाढीपीडितको अवस्था, उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिएको थियो।
सोही विषयमा नेता आङ्देम्बेले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । नेता आङ्देम्बेले भने, ‘सरकारले आफ्नो क्षमताअनुसार उद्धार तथा राहतका काम गरिरहेको छ । क्षति धेरै भए पनि सरकारले सक्दो काम गरिरहेको छ ।’




प्रतिक्रिया