रास्वपामा ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन

रास्वपामा ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको रास्वपाका प्रवक्ता जगदिश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिको संयोजकमा महामन्त्री विपिन कुमार आचार्य रहेका छन् । सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् ।

पार्टीले गठन गरेको समितिले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने जनाइएको छ ।