काठमाण्डु – रसुवाको भोटेकोशी बाढीमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३८६ पुगेको छ। नेपाल प्रहरीले जारी गरेको पछिल्लो जानकारीअनुसार चार हजार ८९ जना बेपत्ता छन्।
अहिलेसम्म एक हजार २१३ शव माटोमुनि व्यवस्थापन गरिएको छ भने १०३ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएका शव एक हजार ३३४ रहेका छन्। प्रहरीले मृतक र आफन्त गरी तीन हजार ६५ जनाको डीएनए संकलन गरेको छ।
यसबिच १७८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा ४६ हजार ८४० जना सहभागी भएको प्रहरीले जानकारी दिएको छ।





प्रतिक्रिया