अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, उपसंयोजकमा पाण्डे

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, उपसंयोजकमा पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक एकतालाई अघि बढाउँदै जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ ।

पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले पूर्वप्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।

सेप्टेम्बर ६ मा सम्पन्न बैठकले अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापानको संयोजकमा पूर्वप्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हरि लामिछाने र उपसंयोजकमा पूर्वनेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेलाई चयन गरेको छ ।

लामिछाने तत्कालीन नेकपा एकीकृत समाजवादी र पाण्डे तत्कालीन नेकपा माओवादी केन्द्र सम्बद्ध थिए ।

पार्टी एकताको प्रक्रियालाई प्रवासमा समेत व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले साविकका दुवै संगठनका राष्ट्रिय समितिलाई समायोजन गरी ‘एकता आयोजक समिति’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले एसिया प्रदेशअन्तर्गत रहेका सबै देशमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित र एकीकृत बनाउँदै नयाँ नेतृत्व तथा सांगठनिक संरचना निर्माण गरिने पाण्डेले जानकारी दिए ।

नेकपाका एसिया प्रदेश संयोजक सनीकुमार ओलीका अनुसार प्रवासमा रहेका पार्टीसम्बद्ध संगठनबीचको एकतालाई संस्थागत गर्दै एसिया प्रदेशमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।