कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आईतबार बस्ने भएको छ ।

कांग्रेसका अनुसार बैठक भदौ २८ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार सूचना जारी गर्दै बैठकमा सम्बन्धित सबैलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।