काठमाण्डु – नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्व कार्यसमितिमा रहेका नेताहरूलाई पुन: केन्द्रीय कार्यसमितिमा राख्ने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्व कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ कार्यसमितिमा पर्न नसकेका सबै नेताहरूलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो ।
बैठकले सबैलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गर्दै आगामी महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील राख्ने निधो गरेको छ । केन्द्रीय कार्यसमितिमा फर्किन चाहने नेताहरूलाई स्वागत गरिने जनाइएको छ ।
पार्टीले आगामी १५औँ महाधिवेशनको कार्यतालिका पनि तय गरेको छ । जसअनुसार असोज १६–१९ गतेसम्म महाधिवेशन आयोजना गरिनेछ । त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।




प्रतिक्रिया