काठमाण्डु – सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका–८ बानियाटार बस्ने रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालहरूमा विपद्को अतिसंवेदनशील समयमा खोज, उद्धार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूबारे सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरूप्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकायबिचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले काठमाण्डुको अनामनगरबाट पक्राउ गरेको हो ।
आरोप सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया