बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा आएको छ ।

गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुन:स्थापनाको काम अघि बढाएको थियो । भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुन: सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गत २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुन:स्थापित भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमश: सामान्य बन्दै गएको छ ।

नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुन:स्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।