काठमाण्डु – भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ ।
मन्त्रालयले १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा (राति १२ बजेदेखि साँझ ६ बजेसम्म) विद्युत् निर्यात गर्न अनुमति दिएको हो ।
स्वीकृतिअनुसार भारतले मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट ६०० मेगावाटसम्म र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट लाइनबाट ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्नेछ । सन् २०२७ जनवरीदेखि निर्यात गरिने विद्युत्को मात्रा सन् २०२६ डिसेम्बरमा पुनरावलोकन गरिनेछ ।
नेपालमा आएको पछिल्लो बाढीले जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि स्वदेशी विद्युत् उत्पादन क्षमता घटेको छ । विद्युत्को थप आवश्यकता पूरा गर्न भारतले स्वीकृति दिएको हो ।
भारतले विद्युत् सहयोगले कठिन परिस्थितिमा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न मद्दत पुग्ने र २ देशबिचको दीर्घकालीन ऊर्जा सहकार्य थप बलियो हुने जनाएको छ ।
भारतले ऊर्जा क्षेत्रमा नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ ।




प्रतिक्रिया