कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित

कांग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधकाबीच राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध जनाइरहेकै बेला बहुमतको आधारमा विधेयक पारित गरेको हो ।

विधेयकमा कांग्रेस र राजपाका सांसदले संशोधन दर्ता गराएका थिए। तर, उनीहरुको संशोधन प्रस्ताव भने पास हुन सकेन। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए। प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले घोषणा गरेका थिए।

राष्ट्रियसभाबाट पारित भएकाले अब यो विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लगिनेछ। र, राजपत्रमा प्रकाशन भएपछि ऐनका रुपमा लागू हुनेछ। अर्को बैठक  माघ २० गतेसम्मका लागि स्थगित भएको छ।