ललितपुर- सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका प्रहरीलाई सोमबारदेखि फिर्ता बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सोमबार बिहानैदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मी हटाइएको हो।
यसअघि २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगजनी भएको थियो।
आगजनीबाट क्षति पुगेको कार्यालयको एमालेले पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याएको थियो।
कार्यालयको सुरक्षामा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसमेत तैनाथ थिए। एमाले केन्द्रीय कार्यालयनजिकै जनपथ प्रहरीको चौकीसमेत रहेको छ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रहरीका हतियारसमेत हराएका थिए।
त्यसपछि गरिएको खोजीका क्रममा एमाले केन्द्रीय कार्यालयबाट प्रहरीको एक थान पेस्तोल फेला परेको थियो।



प्रतिक्रिया