काठमाण्डु– ललितपुरको पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक गँः प्याखँ (अष्टमातृका नाच) प्रस्तुत गरिएको छ।
पाटनको सांस्कृतिक तथा तान्त्रिक परम्परासँग जोडिएको यस नाचमा विभिन्न देवीदेवताका १३ देवगण सहभागी हुने गर्छन्। नाचमा सहभागी प्रत्येक देवगणले छुट्टाछुट्टै तान्त्रिक मुद्रा तथा भावभङ्गी प्रस्तुत गर्ने परम्परा रहेको छ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गँः प्याखँ पाटनको मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ।












प्रतिक्रिया